काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक थानेश्वर गौतमको स्वतन्त्र राजीनामा स्वीकृत भएको छ। कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले गौतमको राजीनामा स्वीकृत गरेको हो।
गौतमले असार २२ गते पत्रमार्फत स्वतन्त्र सञ्चालकबाट राजीनामा दिएका थिए। कम्पनीले गौतमको राजीनामा स्वीकृत गरेसँगै मात्रिका भट्टराईलाई सो पदमा नियुक्त गरेको छ। उनी ४ वर्षे कार्यकालको लागि नियुक्त भएका हुन्।






About Us
प्रतिक्रिया