काठमाडौं – जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा इन्द्र बराली नियुक्त भएका छन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल कुमार रायले व्यक्तिगत कारण देखाएर आफ्नो पदबाट राजीनामा दिएसँगै निमित्त सीईओको जिम्मेवारी बरालीलाई दिइएको संस्थाले जनाएको हो ।
गत २७ गते बसेको संचालक समितको बैठकले साउन १ गते देखि लागु हुने गरी रायको राजीनामा स्वीकृत गरेको हो । सोही बैठकले साउन १ गते देखि लागु हुने गरी संस्थाका विभागिय प्रमुख इन्द्र बराली निमित्त सीईओ र कम्पनी सचिवको जिम्मेबारी दिने निर्णय गरेको हो ।






About Us
प्रतिक्रिया