काठमाडौं – केन्द्रीय बैंकको असार २२ गतेको तथ्यांक अनुसार बैंकिङ्ग प्रणालीमा एकैदिन २५ अर्ब रुपैयाँ थपिएको छ। तथ्यांकअनुसार असार २१ गतेसम्म बैंकिङ्ग प्रणालीमा ८१ खर्ब ७६ अर्ब रुपैयाँ रहेकोमा भोलिपल्ट अर्थात् असार २२ गते ८२ खर्ब १ अर्ब रुपैयाँ पुगेकाे हाे।
यस्तै, समिक्षा अवधिमा वाणिज्य बैंकहरुको निक्षेप पनि २३ अर्बले बढ्दै ७३ खर्ब ८३ अर्ब रुपैयाँबाट ७४ खर्ब ६ अर्ब रुपैयाँ पुगेकाे छ। सो अवधिमा कर्जा प्रवाहमा पनि वृद्धि देखिएको छ। असार २२ गतेसम्म बैंकिङ्ग प्रणालीबाट ५९ खर्ब ३० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट ५९ खर्ब ३६ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ।
समिक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि ५० खर्ब २६ अर्बबाट बढेर ५० खर्ब २७ अर्ब पुगेको छ। सो समयमा अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत र सिडी रेसियो ७१.७४ प्रतिशत रहेको छ।






About Us
प्रतिक्रिया