काठमाडौं – आज पनि शेयर बजार सामान्य घटेर बन्द भएको छ। आज शेयर मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ दशमलव १३ अंकले घटेर २६०० को विन्दुमा कायम भएको छ। आज १२० कम्पनीको शेयर मूल्य बढेको छ भने १३५ कम्पनीको शेयर मूल्य घटेको छ। आज दिनभरिमा ३६७ कम्पनीको १ करोड ६ लाख ६० हजार ५३७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८६ करोड माथिको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै नेपाल बैंक डिबेञ्चरको इकाई कारोबार भएको छ।
आज यसको ८९ करोड ९१ लाख रुपैयाँको इकाई कारोबार भएको छ। आरबीबी डिबेञ्चरको ६९ करोड ८५ लाख रुपैयाँको इकाई कारोबार भएको छ। सानिमा डिबेञ्चरको २८ करोड ५९ लाख रुपैयााको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन्।
आज यस संस्थाका लगानीकर्ताले १० दशमलव ६६ प्रतिशतका दरले कमाएका छन्। कुमारी इक्विटी फन्डका इकाईधनीले ९ दशमलव ०९ प्रतिशतका दरले कमाएका छन्। कालंगा हाइड्रोका लगानीकर्ताले ६ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन्।
आज सबैभन्दा धेरै भगवती हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ७ दशमलव ८४ प्रतिशतका दरले गुमाएका हुन्। यसदिन ७ उपसूचक राताम्य भएको छ। आज वाणिज्य बैंक समूहको ०.१७ प्रतिशत, विकास बैंक समूहको ०.३९ प्रतिशत, फाइनान्स समूहको ०.२९ प्रतिशतले शेयर मूल्य घटेको छ। आज बैंकिङ्ग, विकास बैंक, फाइनान्स, होटल्स एन्ड टुरिजम, हाइड्रोपावर, जीवन बीमा र अन्य उप समुह घटेका छन्।






About Us
प्रतिक्रिया