३ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै सूर्योदय वोमी लघुवित्त


काठमाडौं – सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले ३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक शेयरधनी मनोज बरालको नाममा रहेको ३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आजकाे मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ । हालका लागि सो शेयरमा विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।

संस्थापक शेयर खरिद गर्न तोकिएको समयभित्र हाल कायम संस्थापक शेयरधनीहरुको निवेदन नपरे प्रचलित नियमानुसार संस्थापक शेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्रीका लागि आवश्यक कारबाही अघि बढाइने बताएको छ ।