काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल बाल सङ्गठन (बाल मन्दिर)मा भएको ठगी प्रकरणमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाल मन्दिर, नक्सालकी तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, जिल्ला कार्य समिति ललितपुरका तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य र जिल्ला कार्य समिति काठमाडौंका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ रहेका छन् ।
नेपाल बाल सङ्गठन र बाल मन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन, २०७७ तथा प्रहरी प्रतिवेदनका आधारमा दर्ता भएको ठगी सम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
नेपाल बाल सङ्गठनबाट अनियमित रूपमा रकम लिई ठगी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिए पक्राउ गरी थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।






About Us
प्रतिक्रिया