काठमाडौं – युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले असार २५ गतेदेखि खरिद गर्न मिल्ने गरी हकप्रद शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक समूहतर्फको ६३ हजार ८४७ कित्ता हकप्रद शेयर लिलामीमा राखेको हो।
कम्पनीले सो शेयर यसअघि जेठ २९ गतेदेखि असार ८ गतेसम्म बिक्रीमा राख्दा विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त हुन नआएपछि अब सबैले किन्न पाउने गरी पुनः बिक्रीमा राखेको हो।
इच्छुक लगानीकर्ताले सो शेयरमा असार २५ गतेदेखि साउन १ गते बैंकिङ्ग समयसम्म आफूले किन्न चाहेको शेयर संख्या र सोको मुल्य खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ भने बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र सोभन्दा बढीमा १० ले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ता माग गर्न सक्नेछन्।






About Us
प्रतिक्रिया