काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्स्चेन्ज (नेप्से) २०.५४ अंकले बढेर बजार २६ सय ४७ दशमलव ६५ को विन्दुमा कायम भएको छ।
आज ३५२ कम्पनी कारोबारमा आउँदा १८४ कम्पनीको शेयर मूल्य बढेको छ भने ८१ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै, १२ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ। आज दिनभरिमा ९२ लाख ७० किनबेच हुँदा ४ अर्ब २६ करोड माथिको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै १० प्रतिशत एबीएल डिबेन्चर २०९० को शेयर कारोबार भएको छ। आज यस कम्पनीको २० करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै कालंगा हाइड्रोका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै आरबीबी फोकस ४० का लगानीकर्ता १३.८५ प्रतिशतका दरले कमाएका छन्।
यससँगै आज सबैभन्दा बढी गुमाउनेमा आत्मानिर्भर लघुवित्तका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले १३.७८ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया