दश महिनामा राष्ट्र बैंकद्वारा ७१ पटक निक्षेप सङ्कलन बोलकबोल


काठमाडौं – आर्थिक वर्ष २०८२\८३ को दश महिनामा नेपाल राष्ट्र बैंकले बैंकिङ्ग  प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ४ दिनदेखि १७५ दिनसम्मको निक्षेप सङ्कलन बोलकबोल मार्फत ७१ पटक निक्षेप सङ्कलन गरेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्ष आर्थिक वर्ष ०८२\८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो। 

स्थायी निक्षेप सुविधा मार्फत ११७ पटक र १ वर्ष अवधिको राष्ट्र बैंक ऋणपत्र जारी गरी ९ पटक तरलता प्रशोचन गरिएको बताइएको छ। यस्तै, २०८३ वैशाख महिनामा निक्षेप सङ्कलन बोलकबोलमार्फत कुल ७१६ अर्ब ७० करोड, स्थायी निक्षेप सुविधामार्फत १११ अर्ब ९० करोड र नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत गरिएको तरलता प्रशोचनको बक्यौता रकम २०० अर्ब रहेको बताइएको छ।