२५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले २५ अर्ब ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले १ वर्ष अवधिको लागि नेपाल राष्ट्र बैंक ऋणपत्रको बोलकबोल तथा निष्कासन गर्ने भएको हो ।

यस ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा भुक्तानी २०८४ असार २३ गते हुनेछ । यस ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ भने बैंक तथा वित्तीय संस्थाले न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोलपत्र पेस गर्न सक्नेछन् ।

ऋणपत्रकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । आह्वान गरिएको ऋणपत्रको रकम बाँडफाँट गर्दा बोलकबोलको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्मको विन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो दर र सो दरभन्दा कम बोलवालालाई नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्री गरिने छ ।