प्रि ओपन सेसनमा साढे ६ अंकले घट्यो नेप्से


काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.५६ अंकले घटेर बन्द भएको छ। आज यस सेसनमा ९ लाख १० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, १ हजार ७०४ कित्ता शेयर किनबेच भएको छ। यससँगै, कारोबारमा आएका ४८ कम्पनीमध्ये ९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३६ कम्पनीको शेयर मूल्य घटेसँगै १ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।