काठमाडौं – आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) २६.२९ अंकले घट्दा समेत ५ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। आज कारोबारमा आएका ३५६ कम्पनीहरुमध्ये ३४ कम्पनीको शेयर मूल्य बढ्दा स्नो रिभर्स, सानिगाड हाइड्रो, कालंगा हाइड्रो, कर्पाेरेट डेभलपमेन्ट बैंक र १०.७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९का लगानीकर्ता रहेका छन्।
जसमा स्नो रिभर्स र सानिगाड हाइड्रोका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन्। भने, कालंगा हाइड्रोको १४.५८ प्रतिशत, कर्पाेरेट डेभलपमेन्ट बैंक ११.५५ प्रतिशत र १०.७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९ को ५.९८ प्रतिशतका दरले कमाएका छन्।
यससँगै, आज सबैभन्दा बढी गुमाउनेमा थ्रि स्टार हाइड्रो पावरका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले १३.७९ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, नेपाल फाइनान्स लिमिटेडको ११.६४ प्रतिशत, खानीखोला हाइड्रोपावरको ९.७२ प्रतिशतका दरल गुमाएका छन्।






About Us
प्रतिक्रिया