मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले दुई संस्थापक शेयरधनीको नाममा रहेको ३० हजार ५६७ कित्ता शेयर बिक्रीमा राखेको हो। 

कम्पनीले सो शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएको छ। सो शेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र कम्पनीको कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सक्नेछन्।