प्रि ओपन सेसनमा साढे ११ अंकले बढ्यो नेप्से


काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११.४३ अंकले बढेर बन्द भएको छ। आज यस सेसनमा ४३ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, ४ लाख ३३ हजार कित्ता शेयर किनबेच भएको छ। यससँगै, कारोबारमा आएका ५२ कम्पनीमध्ये २५ कम्पनीको शेयर मूल्य बढेको छ भने २० कम्पनीको शेयर मूल्य घटेसँगै ६ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।