पशुपतिनाथ मन्दिर क्षेत्रमा लुटपाट गर्ने रन्जीत चौधरी र शान्ति चमार पक्राउ


काठमाडौं – सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूको तथा पशुपति नाथ मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरुको सुनचाँदीका गरगहना लुट्ने दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको गोरखपुरका रन्जीत चौधरी र भारतको सिसवाकी शान्ति चमार रहेका छन्। 

प्रहरीले उनीहरुको साथबाट चोरी गरिएको सुनको सिक्री, झुम्का, मुन्द्रा, मङ्गलसूत्र र चाँदीको औँठी, सिक्का,पाउजु, सिक्री, बिच्छी, ब्रासलेट र लकेट बरामद गरेको छ। साथै, नेपाली नगद  १लाख १५ हजार र  भारतीय रुपैयाँ ८० हजार बरामद गरेको प्रहरीले जनाएको छ। उनीहरूले चोरी गरेको सुनचाँदीका गरगहना, नगद र मोबाइलसहित उनीहरूलाई पक्राउ गरिएको छ। 

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई चोरी तथा डाँका सम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।