काठमाडौं – मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई असार ३२ गते सातौँ वार्षिक साधारण सभा बोलाएको छ। संस्थाको असार १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा कैलालीको लम्कीस्थित केन्द्रीय कार्यालयमा बिहान १० बजे बोलाएको हो।
सभाले एफपीओ गर्ने, एफपीओ निष्कासन पश्चात् कायम हुने चुक्ता पुँजीको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दर हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावसहित सो सभा बोलाएको छ। त्यस्तै, लघुवित्त कम्पनीसँग मर्जरका लागि र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।
यससँगै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू छलफल गरी स्वीकृत गर्ने र चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ।
संस्थाले सो सभा प्रयोजनका लागि असार २३ गते शेयरधनी दर्ता किताब (बुक क्लोज) गर्ने निर्णय गरेको छ। तसर्थ, असार २२ गतेसम्म नेप्सेमा कारोबार भई प्रचलित कानुन अनुसार तोकिएको समयावधि भित्रमा संस्थाको शेयर रजिस्ट्रार कुमारी क्यापिटल नागपोखरी काठमाडौंमा प्राप्त शेयर नामसारी लिखतको आधारमा शेयरधनी किताबमा कायम शेयरधनीहरुले सो सभामा भाग लिन योग्य हुनेछन्।






About Us
प्रतिक्रिया