कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – कुमारी बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३९ हजार ४१२ हजार कित्ता शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर बैंकले विद्यमान संस्थापक शेयरधनीले खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएको हो। सो शेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

इच्छुकले बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल नक्साल नागपोखरी वा कुमारी बैंकको प्रधान कार्यालय काठमाडौं–२ टंगालमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन्।