स्वावलम्बन लघुवित्तको अध्यक्षमा प्रा.डा कुसुम शाक्य नियुक्त


काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा प्रा.डा कुसुम शाक्य नियुक्त भएकी छिन्। कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा रहेका बेचन गिरीको स्थानमा स्वतन्त्र सञ्चालक शाक्यलाई छनौट गर्ने निर्णय गरेको हो।

साथै, संस्थाको कम्पनी सचिव तालिमका लागि बाहिरी देशमा रहेकाले सचिवको जिम्मेवारी सीईओ नरेन्द्र सिंह विष्टलाई दिइएकाे समेत कम्पनीले जनाएकाे छ।