टक्सार पिखुवा खोलासहित ५ कम्पनीको शेयर मूल्यमा उच्च गिरावट


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.४५ अंकले घट्दा पनि ५ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ। आज कारोबारमा आएका ३३८ कम्पनीहरुमध्ये ६२ कम्पनीको शेयर मूल्य बढेसँगै टक्सार पिखुवा खोला, याम्बालिङ हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, सीवाईसी नेपाल लघुवित्त र सपोर्ट माइक्रो फाइनान्सको शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ।

जसमा टक्सार पिखुवा खोला र याम्बालिङ हाइड्रोपावरका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन्, भने बाँकीको भुजुङ हाइड्रोपावरले १४.६९ प्रतिशत, सीवाईसी नेपाल लघुवित्तले ९.९० प्रतिशत र सपोर्ट माइक्रो फाइनान्सको शेयर मूल्य ५.८९ प्रतिशतले बढेको छ।

यससँगै, सबैभन्दा बढी सोपान फर्मास्यूटिकल्सको शेयर मूल्यमा उच्च गिरावट देखिएको छ। आज यस कम्पनीको शेयर मूल्य ५.०५ प्रतिशतले घटेको छ। त्यस्तै, हिमालयन २०–८० को ३.९२ प्रतिशत, भगवती हाइड्रोपावर डेभलपमेन्टको ३.६६ प्रतिशत महुली लघुवित्तको ३.३६ प्रतिशतले घटेको हो।