काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६-१६ अंकले घटेसँगै ५ कम्पनीको शेयर उच्च रकमले घटेर बन्द भएको छ। आज करोबारमा आएका ३५३ कम्पनीहरुमध्ये भुगोल हाइड्रो, एपोलो हाइड्रोपावर, सोपान फर्मास्यूटिकल्स, कालिञ्चोक हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर मूल्यमा उच्च गिरावट आएको हो।
जसमा भुगोल हाइड्रोको शेयर मूल्यमा १५ प्रतिशतको गिरावट आएको छ। त्यस्तै, एपोलोको ११.१२ प्रतिशत, सोपानको ७.०५ प्रतिशतले शेयर मूल्य घटेको छ। त्यसैगरी, कालिञ्चोक हाइड्रोपावर ५.६४ प्रतिशत र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको ५.२० प्रतिशतको गिरावट आएको छ।
यससँगै, आज पिखुवा खोला र याम्बालिङ हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। आज यी दुई कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै लक्ष्मी उन्नत कोषका लगानीकर्ताले ५.९८ प्रतिशतका दरले कमाएका छन्।






About Us
प्रतिक्रिया