मधेश प्रदेशमा जेठमा ९६४ वटा मुद्दा दर्ता, आर्थिक अपराधका १५१ 


काठमाडौं – मधेश प्रदेशमा जेठ महिनाको अवधिमा ९६४ वटा उजुरी दर्ता भएको छ । ती मुद्दामा आर्थिक अपराधका मात्र १५१ वटा रहेका छन्।  

जेठ महिनामा मधेश प्रहरीमा चोरी सम्बन्धी ४७ वटा उजुरी परेका छन् । साथै, सम्पत्ति शुद्धिकरणमा १ वटा मुद्दा दर्ता भएका छ । यस अवधिमा मधेश प्रहरीले ५६० जनालाई पक्राउ गरेको छ ।

उनीहरूको कैद अवधि १३६ वर्ष दुई दिन र जरिवाना ९६ लाख ९५ हजार पुगेको हो।