काठमाडौं – काठमाडौं उपत्यकाबाट गत असार १ गतेदेखि असार ७ गतेसम्ममा भन्सार छली गरी ल्याइएका विभिन्न सामानसहित ७ जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार सात दिनको अवधिमा उपत्यकाका विभिन्न स्थानबाट ५० लाख ६ हजार रुपैयाँ बराबरका भन्सार छलीका सामानसहित ७ जनालाई नियन्त्रणमा लिएको हो।
बरामद गरिएका सामानमा ३० हजार साउदी रियाल, ७ हजार ५०० अमेरिकी डलर, ४२ हजार ४०० कतारी रियाल, एक थान डेल ल्यापटप, एक थान आईफोन १५ प्रो म्याक्स, स्रोत नखुलेको नगद रकम तथा २८० थान मोबाइल स्क्रिन कभर ग्लासलगायतका विभिन्न सामग्री रहेका छन्।






About Us
प्रतिक्रिया