काठमाडौं – एक्सेल डेभलपमेन्ट बैंकले यस वर्ष पनि आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । बैंकको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैंकबाट गत आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृत गर्ने र गत आर्थिक वर्षको लाभांश वितरण नगर्ने गरी वित्तीय विवरण स्वीकृतार्थ नेपाल राष्ट्र बैंकमा अनुरोध गर्ने निर्णय गरेको छ।
बैंकले यस अघिपनि लगातार २ आर्थिक वर्षदेखि शेयरधनीको हात खाली बनाउदै आएको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ मा बोनश शेयर र नगद गरी कुल ८.९५ प्रतिशत लाभांश घोषणा गरेको थियो ।






About Us
प्रतिक्रिया