कामना सेवा विकास बैंकले माग्यो विभिन्न शाखाका लागि शाखा प्रमुख र ‘रिलेसनसिप म्यानेजर’


काठमाडौं – कामना सेवा विकास बैंकले विभिन्न प्रदेशका शाखाहरूका लागि शाखा प्रमुख तथा‘रिलेसनसिप म्यानेजर’ पदका लागि कर्मचारी माग गरेको छ । बैंकले पाँच वटा प्रदेशमा जागिर खुलाएको हो । बैंकले कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका विभिन्न शाखाहरुका लागि शाखा प्रमुख तथा रिलेसनसिप म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो ।

शाखा प्रमुखका लागि जुनियर अफिसर, अफिसर, सिनियर अफिसर पदका केही कर्मचारी माग गरेको छ । यसका लागि व्यवस्थापन वा सम्बन्धित विषयमा स्नातक पास भएकमो हुनुपर्ने बैंकले जनाएको छ । यसका लागि बैंकिङ्ग क्षेत्रमा कम्तीमा ४ वर्षको अनुभव हुनुपर्नेछ जसमा कम्तीमा २ वर्ष शाखा प्रबन्धकको अनुभव रहेको हुनुपर्नेछ ।

यसैगरी बैंकले रिलेसनसिप म्यानेजरका लागि आवश्यक सुपरभाइजर वा जुनियर अफिसर पदमा केही कर्मचारी माग गरेको छ । जससका लागि व्यवस्थापन वा सम्बन्धित विषयमा स्नातक उर्तीर्ण भएको हुनुपर्नेछ । यस्तै, बैंक वा वित्तीय संस्थामा कम्तीमा ३ वर्षको अनुभव हुनुपर्नेछ भने क्रेडिट मार्केटिङ, व्यवसायिक कर्जा, तथा ग्राहक सम्बन्ध व्यवस्थापनको अनुभव हुनुपर्ने बैंकले जनाएको छ ।