नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम ४ अर्ब ५३ करोड


काठमाडौं – आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.६३ अंकले बढेर बजार २७ सय २ दशमलव ११ को बिन्दुमा कायम भएको छ। त्यस्तै आज कारोबारमा आएका ३५३ कम्पनीको ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यससँगै १ करोड ९ लाख कित्ता शेयर किनबेच भएको छ।

आज सबैभन्दा बढी ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७ को शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३३ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५ को ३२ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यससँगै, आज एपोलो हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै सोपान फमास्यूटिकल्सक लिमिटेडले १४.२ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, भुगोल हाइड्रोका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १२.४५ प्रतिशतका दरले गुमाएका छन्।