यूनिक नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले आजदेखि १४ सय कित्ता शेयर बिक्रीमा राखेको हो।

संस्थाले विद्यमान संस्थापक शेयरधनीलेका लागि बिक्रीमा राखेको सो शेयरमा उनीहरुबाट आवेदन नपरेपछि सो शेयर विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही व्यक्तिले खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएको हो।

उक्त शेयर खरिद गर्न इच्छक लगानीकर्ताले यो सूचना प्रकाशित भएको आजको मितिले ७ दिनभित्र संस्थाको केन्द्रिय कार्यालय आवेदन दिन सक्नेछन्।