यी हुन् आज नेप्सेमा सर्वाधिक कमाउने ५ कम्पनी


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.०६ अंकले घटेरसँगै ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। आज कारोबारमा आएका ३४७ कम्पनीहरुमध्ये एपोलो हाइड्रोपावर, सोपान फमास्यूटिकल्स, आत्मानिर्भर लघुवित्त, भूगोल हाइड्रो र भुजुङ हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ।

जसमा, एपोलोका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, सोपानको १४.९९ प्रतिशत, आत्मानिर्भर लघुवित्तको १२.५५ प्रतिशत, भूगोल हाइड्रोको ८.५६ प्रतिशत र भुजुङ हाइड्रोपावरको ६.३० प्रतिशतका दरले कमाएका छन्।

त्यस्तै, आज १० प्रतिशत प्रमुख बैंक डिबेन्चर २०८४ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५.५४ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, आँखुखोला जलविद्युतको ४.०१ प्रतिशत, दोल्ती पावरको ३.२० प्रतिशतका दरले गुमाएका हुन्।