नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम ३ अर्ब ४० करोड आसपास


काठमाडौं – आज शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.०६ अंकले घटेर बजार २७ सय ४७ को बिन्दुमा कायम भएको छ। त्यस्तै आज कारोबारमा आएका ३४७ कम्पनीको ३ अर्ब ४० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यससँगै ७७ लाख २६ हजार कित्ता शेयर किनबेच भएको छ।

आज सबैभन्दा बढी आखुँखोला जलविद्युतको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यूनाइटेड मोदी हाइड्रोपावरको २३ करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यससँगै, आज एपोलो हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै सोपान फमास्यूटिकल्सक लिमिटेडले १४.९९प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, आज १० प्रतिशत प्रमुख बैंक डिबेन्चर २०८४ का लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५.५४ प्रतिशतका दरले गुमाएका हुन्।