प्रि ओपन सेसनमा ६.३९ अंकले घट्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.३९ अंकले घटेर बन्द भएको छ। यस सेसनमा १५ लाख ८२ हजार रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, यस सेसनमा २ हजार ३१७ कित्ता शेयर किनबेच भएको छ।

यससँगै, कारोबारमा आएका ६९ कम्पनीमा २६ कम्पनीको शेयर मूल्य बढेको छ भने ४० कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै १ कम्पनीको मात्रै शेयर मूल्य स्थिर देखिएको छ।