यी हुन् आज नेप्सेमा सर्वाधिक कमाउने ५ कम्पनी


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.३१ अंकले घट्दा समेत ५ कम्पनीको शेयर मूल्य सर्वाधिक बढेर बन्द भएको छ। आज कारोबारमा आएका ३५५ कम्पनीहरुमध्ये सोपान फमास्यूटिकल्सक, एपोलो हाइड्रोपावर, दोल्ती पावर, गूगोल हाइड्रो, मच्छ्यिाम हाइड्रोपावरको शेयर मूल्य उच्च अंकले बढेर बन्द भएको छ।

जसमा सोपानको शेयर मूल्य १५ प्रतिशतले बढेर बन्द भएको छ। त्यस्तै, क्रमशः एपोलोको १४.९८ प्रतिशत, दोल्ती पावरको ६.८९ प्रतिशत, भूगोल हाइड्रो ५.३५ प्रतिशत र मच्छ्यिाम हाइड्रोपावरको शेयर मूल्य ५.१९ प्रतिशतले बढेर बन्द भएको छ ।

यससँगै, आज सयपत्री हाइड्रोपावर, यूनियन नेपाल लघुवित्त, १० प्रतिशत एनआईएमबी डिबेन्चर २०९०को शेयर मूल्य क्रमशः घटेको छ। जसमा सयपत्री हाइड्रोपावरको ४.९० प्रतिशत, यूनियन नेपालको ४.०३ प्रतिशत, १० प्रतिशत एनआईएमबीको ३.८४ प्रतिशतले घटेको छ।