काठमाडौं – आज शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.३१ अंकले घटेर बजार २७ सय ५ दशमलव ४५ को बिन्दुमा बन्द भएको छ। आज कारोबारमा आएका ३५५ कम्पनीको ४ अर्ब ४ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड ७ लाख ५६ कित्ता शेयर किनबेच भएको छ।
आज सबैभन्दा बढी आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३१ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, सिद्धार्थ बैंकको १८ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, १५ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। त्यस्तै आज सबैभन्दा बढी सोपान फमास्यूटिकल्सक लिमिटेडका लगानीकर्ताले कमाएका छन्। आज कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, एपोलो हाइड्रोपावरका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका छन्।
यससँगै आज सबैभन्दा बढी गुमाउनेमा सयपत्री हाइड्रोपावरका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ४.९० प्रतिशतका दरले गुमाएका हुन्।





About Us
प्रतिक्रिया