गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – गरिमा विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको ८३ हजार बढी कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकले संस्थापक समूहको ८३ हजार ८२३ कित्ता शेयर बिक्रीमा राखेको हो।

पहिलो चरणमा यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

तोकिएको समयमा संस्थापक शेयरधनीहरुबाट निवेदन नपरे अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री गर्ने बैंकले जनाएको छ।