काठमाडौं – प्राइम कमर्सियल बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो।
बैंकले संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै आवेदन नआएकाले सो शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो। बैंकको संस्थापक शेयर खरिद गर्न इच्छुक अन्य संस्था, व्यक्ति जो कोहीले यो सूचना प्रकाशित भएको आजको मितिले १५ दिनभित्र बैंकको कम्पनी सचिव कार्यालयमा सम्पर्क गर्नुपर्ने जनाएको छ।





About Us
प्रतिक्रिया