काठमाडौं – आज शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४ अंकले घटेर बजार २७ सय २४ दशमलव ३ को बिन्दुमा बन्द भएको छ। आज कारोबारमा आएका ३४३ कम्पनीको ४ अर्ब ३४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ९८ लाख ५६ हजार कित्ता शेयर किनबेच भएको छ।
आज सबैभन्दा बढी सेन्ट्रल फाइनान्सको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २५ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, सिटी होटलको २४ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज कारोबारमा आएको ३४२ कम्पनीहरूमध्ये ९२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७६ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, १२ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। त्यस्तै आज सबैभन्दा बढी सोपान फमास्यूटिकल्सक लिमिटेड र एपोलो हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। आज यी दुई कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन्।
यससँगै आज सबैभन्दा बढी गुमाउनेमा कालीञ्चोक हाइड्रोका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले १०.६६ प्रतिशतका दरले गुमाएका हुन्।





About Us
प्रतिक्रिया