प्रि ओपन सेसनमा साढे ३ अंकले बढ्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.५० अंकले बढेर बन्द भएको छ। यस सेसनमा १ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, यस सेसनमा २० हजार ५९८ कित्ता शेयर किनबेच भएको छ।

यससँगै, कारोबारमा आएका ६६ कम्पनीमा २७ कम्पनीको शेयर मूल्य बढेको छ भने ३५ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, १ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।