काठमाडौं – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक निश्चल अधिकारीले नेपाल राष्ट्र बैंक इनोभेसनकोको बाधक नभई सधैँ यसको पक्षमा रहेको स्पष्ट पारेका छन्। चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ को चौथो सत्र ‘बैंकिङ्ग भविष्यः एआई, साइबर सुरक्षा र फिनटेक’ मा बोल्दै उनले साे बताएका हुन्।
साथै, उनले साइबर ठगीको विषयलाई गम्भीर रूपमा लिइएको उल्लेख गर्दै त्यसलाई न्यूनीकरण गर्न राष्ट्र बैंक सक्रिय रूपमा काम गरिरहेको जानकारी दिए। अधिकारीले नियामक निकायको हैसियतले साइबर सुरक्षालाई विशेष प्राथमिकतामा राखेर आवश्यक नीति तथा निगरानीलाई थप सुदृढ बनाइँदै लगिएको बताए।
उनका अनुसार राष्ट्र बैंकले डिजिटल वित्तीय प्रणाली विस्तारसँगै देखिने जोखिम नियन्त्रणका लागि बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय गरी सुरक्षा व्यवस्था अझ मजबुत बनाउँदै लगेकाे छ।








About Us
प्रतिक्रिया