बैंक र फाइनान्स कम्पनीलाई एकै किसिमको नियमन गरिरहेका छौँः कार्यकारी निर्देशक थापा


काठमाडौं- नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक विश्रुत थापाले बैंक तथा फाइनान्स कम्पनीलाई समान रूपमा नियमन गरिरहेको बताएका छन्। चौथो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२६ अन्तर्गत आयोजित ‘विकास बैंकहरूको दिगोपन: योगदान, प्रतिस्पर्धा र नीति’ विषयक तेस्रो सत्रमा बोल्दै उनले साे बताएका हुन्।

उनले सर्वसाधारणको विश्वासका आधारमा हेर्दा विकास बैंकहरू अपरिहार्य रहेको उल्लेख गरे। उनले विकास बैंकलाई थप सम्बोधन र प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको बताए।

‘आफ्नो जिल्ला र क्षेत्रमा बैंक छ भन्ने कुरा नै सर्वसाधारणका लागि अपनत्वको विषय हो,’ थापाले भने। थापाले विकास बैंकहरूलाई निश्चित क्षेत्रका लागि लक्षित लगानी गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै नियमनमा धेरै फरक गर्न नहुने धारणा राखे।

Skip This