सोपान फमास्यूटिकल्ससहित ५ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.७५ अंकले घढ्दा ५ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ। आज कारोबारमा आएका ३५६ कम्पनीहरुमध्ये सोपान फमास्यूटिकल्ससहित ५ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि देखिएको हो।

आज सोपान फमास्यूटिकल्ससँगै कालिञ्चोक हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, उपकार लघुवित्त र अप्पर हेवाखेला हाइड्रोपावरको शेयर मूल्यमा उच्च वृद्धि आएको नेप्से तथ्यांकले देखाउँछ। आज, सोपान फमास्यूटिकल्सको शेयर मूल्य १५ प्रतिशतले बढेर ३४९ रुपैयाँ ७० पैसामा उकालो लागेको छ।

त्यस्तै, क्रमशः कालिञ्चोक हाइड्रोपावर १४.९९ प्रतिशत, सप्तकोशी डेभलपमेन्टको १०.९८ प्रतिशत, उपकार लघुवित्तको ८.७० प्रतिशत र अप्पर हेवाखेला हाइड्रोपावरको शेयर मूल्य ६.१७ प्रतिशतले बढेको छ। यससँगै आज सबैभन्दा बढी गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९.१६ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, समुदायीक लघुवित्तको ७.३७ प्रतिशतका दरले गुमाएका हुन्।

Skip This