काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २ करोड ८६ लाख कित्ता शेयरको लकइन अवधि आउँदो असार ३० गतेदेखि सकिने भएको छ। कम्पनीको संस्थापकतर्फको २ करोड ८० लाख कित्ता र कम्पनीमा कार्यरत कर्मचारीतर्फको ६ लाख कित्ता शेयरको लकइन अवधि सकिने भएको हो।
कुनैपनि कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँट गरेको मितिले तीन वर्षसम्म संस्थापक र कर्मचारी तर्फको शेयर लकइनमा राख्नु पर्ने प्रावधान छ। यस कम्पनीको नेपाल धितोपत्र बोर्डमा कुल ४ करोड कित्ता शेयर सूचीकृत रहेको छ।







About Us
प्रतिक्रिया