एनआईसी एशिया बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – एनआईसी एशिया बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले एक संस्थापक शेयरधनीको नाममा रहेको ७ हजार ९८१ कित्ता शेयर बिक्रीमा राखेको हो।

बैंकले सो शेयर विद्यमान संस्थापक शेयरधनीले खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएको हो। उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र बैंकको कर्पोरेट कार्यालय भित्र आवेदन दिन सक्नेछन्।