कृषि विकास बैंकको अध्यक्षमा पाण्डेय र राष्ट्रिय वाणिज्य बैंकमा दाहाल नियुक्त


काठमाडौं – सरकारी स्वामित्वका दुई ठुला वाणिज्य बैंकहरूले नयाँ नेतृत्व पाएका छन्। कृषि विकास बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेय र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको अध्यक्षमा सहसचिव सुमन दाहाल नियुक्त भएका हुन्।

सरकारले अघिल्लो कार्यकालमा राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई पदमुक्त गर्ने वा मार्गप्रशस्त गर्न निर्देशन दिने नीति लिएसँगै दुवै बैंकका तत्कालीन अध्यक्षहरूले राजीनामा दिएका थिए।

सोही रिक्त स्थानमा अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूलाई नयाँ नियुक्ति गरेको हो। यसअघि राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकाल र कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेलले सरकारको राजनीतिक परिवर्तन र निर्देशनात्मक नीतिका कारण आफ्नो पदबाट राजीनामा बुझाएका थिए।

Skip This