एनएमबी लघुवित्तमा कर्मचारीलाई दमन, ओभरटाइम सुविधाबिनै अतिरिक्त काम


काठमाडौं – एनएमबी लघुवित्त वित्तीय संस्थामा कर्मचारीहरूलाई ओभरटाइम सुविधा तथा उचित पारिश्रमिकको व्यवस्था नगरी अतिरिक्त समय काम गर्न लगाइएकाे पाइएकाे छ।

हामीलाई प्राप्त कर्मचारी स्रोतका अनुसार संस्थाले कार्यालय समयपछि तथा बिदाका दिनमा समेत विभिन्न लक्ष्य पूरा गर्ने दबाब दिँदै कर्मचारीलाई काममा खटाउने गरेको छ। तर, अतिरिक्त समय गरेको कामको ओभरटाइम भत्ता तथा अन्य सुविधा भने उपलब्ध गराएकाे छैन।

कर्मचारीहरूले उपस्थितिको औपचारिक व्यवस्थाबिना नै अतिरिक्त काम गर्नुपर्ने अवस्था रहेको दाबी गरेका छन्।

Skip This