चौथो नेशनल बैंकिङ्ग डिस्कोर्शः उद्घाटन सत्रमा आइसिएफसि फाइनान्सका सीईओ सुनिल पन्त सहभागी हुने 


काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ को उद्घाटन सत्रमा नेपाल वित्तीय संस्था संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पन्त सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार डटकम र बैंकिङ्ग न्युजको आयोजनामा आगामी जेठ २७ गते हुने चौथो बैंकिङ्ग डिस्कोर्शको उद्घाटन सत्रमा सीईओ पन्त सहभागी हुने भएका हुन्।

सिद्धार्थ वनस्थलीबाट एमबीए गरेका उनी विगत ७ वर्षदेखि आइसिएफसि फाइनान्समा सीईओका रूपमा कार्यरत छन्। बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएका उनले आफूलाई एक सफल तथा अनुभवी बैंकरका रूपमा स्थापित गर्न सफल भएका छन्। 

बैंकिङ्ग समाचार र बैंकिङ्ग न्यूजको संयुक्त आयोजनामा यही जेठ २७ गते हुनेछ । डिस्कोर्शमा नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय क्षेत्र, बैंकिङ्ग विज्ञ, बीमा कम्पनीहरू तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ। कार्यक्रममा उद्घाटन सत्रसहित पाँच वटा सत्र गत छलफल हुनेछन्। 

डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्।

डिस्कोर्शको पावर्ड वाइमा नबिल बैंक रहेको छ भने इभेन्ट पार्टनरमा इसेवा छ। डिस्कोर्शको टेक्नोलोजी पार्टनरमा न्यूरोजिन, नलेज पार्टनरमा काठमाडौं फिनटेक र एआई पार्टनरमा स्प्रिङ बेस एआई रहेको छ।

Skip This