काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्शको उद्घाटन सत्रमा बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष प्रचन्ड बहादुर श्रेष्ठ सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार र बैंकिङ्ग न्यूजको आयोजनामा यही जेठ २७ गते हुने चौथो नेशनल बैंकिङ्ग डिस्कोर्शमा सहभागी हुने भएका छन्।
हाल उनी हिमालयन बैंक लिमिटेडको अध्यक्षको रुपमा छन्। १९ वर्षदेखि बैंकको सञ्चालक समितिमा निर्देशकका रूपमा काम गर्दै आएका उनी सन् २०२१ देखि बैंकको अध्यक्षका रुपमा कार्यरत छन्। बैंकिङ्ग क्षेत्रको लामो अनुभव संगालेका उनले संस्थागत सुशासन, रणनीतिक व्यवस्थापन तथा बैंकको दिगो विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
डिस्कोर्शमा नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय क्षेत्र, बैंकिङ्ग विज्ञ, बीमा कम्पनीहरू तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ। कार्यक्रममा उद्घाटन सत्रसहित पाँच वटा सत्र गत छलफल हुनेछन्।
डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तारस् बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्यएआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्।
डिस्कोर्शको पावर्ड वाइमा नबिल बैंक रहेको छ भने इभेन्ट पार्टनरमा इसेवा छ। डिस्कोर्शको टेक्नोलोजी पार्टनरमा न्यूरोजिन, नलेज पार्टनरमा काठमाडौं फिनटेक र एआई पार्टनरमा स्प्रिङबेस एआई रहेको छ।







About Us
प्रतिक्रिया