काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्शमा वन् चिन चि वन् सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार र बैंकिङ्ग न्यूजको आयोजनामा यही जेठ २७ गते हुने चौथो नेशनल बैंकिङ्ग डिस्कोर्शमा चि वन्ले विशेष सम्बोधन गर्ने भएका हुन्।
मलेसियन कम्पनी न्यूरोजिनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चि वन्ले स्ट्रक्चर डाटा:बैंकिङ्गको नयाँ ग्राउन्ड ट्रुथ विषयमा सम्बोधन गर्ने भएका हुन्। पूर्वी तथा पश्चिमी मलेसियामा उल्लेखनीय सफलता हासिल गरेपछि स्वदेशी फिन्टेक कम्पनी न्यूरोजिनले आफ्नो अन्तर्राष्ट्रिय पहुँच दक्षिण एसियासम्म विस्तार गरेको छ। सोही कम्पनीका सीईओ बैंकिङ्ग डिस्कोर्शमा प्रमुख अन्तर्राष्ट्रिय वक्ताका रूपमा सहभागि हुने भएका छन्।
उनले बैंकहरूले कसरी एकीकृत, स्वच्छ तथा क्रिप्टोग्राफिक रूपमा सुरक्षित डाटा संरचनाको उपयोग गरेर कर्जा जोखिम व्यवस्थापन सुधार गर्न, डिजिटल कारोबारलाई अझ प्रभावकारी बनाउन, तथा कृत्रिम बुद्धिमत्ता आधारित वित्तीय विश्लेषणलाई सुरक्षित रूपमा कार्यान्वयन गर्न सक्छन् भन्ने विषयमा विस्तृत चर्चा गर्नेछन्।
डिस्कोर्शमा नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय क्षेत्र, बैंकिङ्ग विज्ञ, बीमा कम्पनीहरू तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ। कार्यक्रममा उद्घाटन सत्रसहित पाँच वटा सत्र गत छलफल हुनेछन्।
डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तारस् बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्। डिस्कोर्शको पावर्ड वाइमा नबिल बैंक रहेको छ भने इभेन्ट पार्टनरमा इसेवा छ। डिस्कोर्शको टेक्नोलोजी पार्टनरमा न्यूरोजिन, नलेज पार्टनरमा काठमाडौं फिनटेक र एआई पार्टनरमा स्प्रिङबेस एआई रहेको छ।







About Us
प्रतिक्रिया