चौथो बैंकिङ्ग डिस्कोर्श: वक्ताका रूपमा कामना सेवा विकास बैंकका अध्यक्ष आचार्य सहभागी हुने


काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ मा वक्ताका रूपमा कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्य सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार डटकम र बैंकिङ्ग न्युजनको संयुक्त आयोजनामा आगामी जेठ २७ गते हुने चौथो बैंकिङ्ग डिस्कोर्शको तेस्रो सत्र ‘विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीति’ को वक्ताका रूपमा उनी सहभागी हुने भएका हुन्।

उनले अमेरिकाको एक विश्वविद्यालयबाट औद्योगिक इन्जिनियरिङमा स्नातक तथा सोही विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्। मिडिया उद्योगमा लामो अनुभव हासिल गरेका उनले डिस मिडियाको निर्देशकको जिम्मेवारी समेत सम्हालिसकेका छन्। आफ्नो नेतृत्व क्षमता, व्यवस्थापकीय दक्षता तथा दूरदर्शी सोचका कारण उनले प्रसारण तथा सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका छन्।

उक्त कार्यक्रममा नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय क्षेत्र, बैंकिङ्ग विज्ञ, बीमा कम्पनीहरू तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ। कार्यक्रममा उद्घाटन सत्रसहित पाँच वटा सत्र गत छलफल हुनेछन्।

बैंकिङ्ग समाचार र बैंकिङ्ग न्यूजको संयुक्त आयोजनामा यही जेठ २७ गते हुनेछ। डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्। डिस्कोर्शको पावर्ड वाइमा नबिल बैंक रहेको छ भने इभेन्ट पार्टनरमा इसेवा छ। डिस्कोर्शको टेक्नोलोजी पार्टनरमा न्यूरोजिन, नलेज पार्टनरमा काठमाडौं फिनटेक र एआई पार्टनरमा स्प्रिङबेस एआई रहेको छ।