काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ मा वक्ताका रुपमा राराल्याब्सका प्रमुख कार्यकारी अघिकृत (सीईओ) मनोज घिमिरे सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार र बैंकिङ्ग न्यूजको संयुक्त आयोजनामा यही जेठ २७ गते हुने चौथो संस्करणको डिस्कोर्शमा चौथो सत्रको वक्ताका रुपमा अधिकारी सहभागी हुने भएका हुन्।
छलफलको चौथो सत्र बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक सत्रको वक्ताका रुपमा उनी सहभागी हुने भएका हुन्। घिमिरे एक प्रविधि उद्यमी हुन्। उनीसँग डाटा विश्लेषण, मेसिन लर्निङ तथा सूचना सुरक्षा क्षेत्रमा कार्य गरेको अनुभव छ। उनले पहिले ‘लग पोइन्ट नेपाल’ को अनुसन्धान र विकास शाखा सुरु गरेका थिए, र ६ वर्षसम्म उनी यसको सीईओको रूपमा काम गरेको समेत उनीसँग अनुभव छ।
पाठ्यक्रमको क्रममा, उनले सुरक्षा, सञ्चालन र व्यापार बुद्धिमत्ताका लागि उद्यमहरूद्वारा प्रयोग गरिने असंरचित डेटा विश्लेषण गर्न सक्षम सफ्टवेयर विकास गर्न ५० इन्जिनियरहरूको टोली निर्माण र नेतृत्व समेत गरेको थिए।
साथै, उनी आइओई पुल्चोक क्याम्पसमा अंशकालिक संकाय रुपमा काम गरेका छन्। जहाँ उनी इन्जिनियरिङ स्नातकहरूलाई डेटा माइनिङ विषयमा अध्यापन गर्दै आएका छन्। उक्त कार्यक्रममा नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय क्षेत्र, बैंकिङ्ग विज्ञ, बीमा कम्पनीहरू तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ। कार्यक्रममा उद्घाटन सत्रसहित पाँच वटा सत्र गत छलफल हुनेछन्।
डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्। डिस्कोर्शको पावर्ड वाइमा नबिल बैंक रहेको छ भने इभेन्ट पार्टनरमा इसेवा छ। डिस्कोर्शको टेक्नोलोजी पार्टनरमा न्यूरोजिन, नलेज पार्टनरमा काठमाडौं फिनटेक र एआई पार्टनरमा स्प्रिङ एआई रहेको छ।






About Us
प्रतिक्रिया