नेशनल बैंकिङ्ग डिस्कोर्श, वक्ताको रुपमा नवीन रिजाल सहभागी हुने


काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ मा वक्ताका रूपमा रिजाल्को ग्रुपका संस्थापक नवीन रिजाल सहभागी हुने भएका छन्। छलफलको पहिलो सत्रको वक्ताका रूपमा पौडेल सहभागी हुने भएका हुन्। छलफलको पहिलो सत्रको कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल शीर्षकमा हुने छलफलको वक्ताका रूपमा उनी सहभागी हुने भएका हुन्।

रिजाल्को ग्रुपका संस्थापक तथा अध्यक्ष रिजाल एक उद्यमी हुन्। उनले नेपाली उत्पादन उद्योगको विकास र आधुनिकीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्। उद्यमशील सोच, दृढ सङ्कल्प र निरन्तर मेहनतका साथ उनले सन् १९९३ मा रिजाल्कोको स्थापना गरे। सानो स्तरबाट सुरु भएको यस उद्योगलाई उनको नेतृत्वमा आज नेपालकै अग्रणी उत्पादन समूहहरूमध्ये एकका रूपमा स्थापित गर्न सफल भएका छन्।

बैंकिङ्ग समाचार र बैंकिङ्ग न्यूजको संयुक्त आयोजनामा यही जेठ २७ गते हुनेछ। डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तार: बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपन: योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्।

डिस्कोर्शको पावर्ड वाइमा नबिल बैंक रहेको छ भने इभेन्ट पार्टनरमा इसेवा छ। डिस्कोर्शको टेक्नोलोजी पार्टनरमा न्यूरोजिन, नलेज पार्टनरमा काठमाडौं फिनटेक र एआई पार्टनरमा स्प्रिङ एआई रहेको छ।