काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ मा वक्ताका रुपमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनाेज ज्ञवाली सहभागी हुने भएका छन्। छलफलको पहिलो सत्रको वक्ताका रुपमा पौडेल सहभागी हुने भएका हुन्। छलफलको पहिलो सत्रको कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल शिर्षकमा हुने छलफलको वक्ताका रुपमा उनी सहभागि हुने भएका हुन्।
वि.सं. २०३४ सालमा दैलेखमा जन्मिएका ज्ञवालीले ५ वर्ष नेपाल राष्ट्र बैंकमा सहायकको रूपमा सेवा गरिसकेका छन्। नेपाल राष्ट्र बैंकबाट बैंकिङ्ग क्षेत्र प्रवेश गरेका उनले ग्लोबल आईएमई बैंकको सीएफओ, सीईओ, बीएम र शीर्षस्तरको व्यवस्थापन समिति सदस्य समेत रहेर कार्य गरिसकेका छन्। साथै, उनले ग्लोबल आईएमई क्यापिटलमा सञ्चालक र प्रबन्ध निर्देशकको रूपमा ४ वर्ष बिताएका छन् भने ज्योति विकास बैंकमा डिसीईओ र सीईओको रूपमा पनि सेवा गरिसकेका छन्।
नेपाल राष्ट्र बैंक, ग्लोबल आईएमई बैंक, ज्योति विकास बैंक हुँदै बैंकिङ्ग क्षेत्रमा काम गरेका ज्ञवाली हाल नबिल बैंकका सिनियर डेपुटी सीईओका रूपमा कार्यरत छन्। उनी ज्योति विकास बैंकमा कार्यरत रहँदा विकास बैंकका सीईओहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएसनका महासचिव पनि रहेर कार्य गरेका थिए। चाटर्ड एकाउन्टेन्स समेत रहेका ज्ञवाली एक समय चाटर्ड एकाउन्टेन्स संघका कोषाध्यक्ष थिए।
ज्ञवाली फोकस नेपालद्वारा राष्ट्रिय सेवा सम्मान २०७४, नागरिक समाज नेपालद्वारा आर्थिक विकास सेवा सम्मान २०७५, लुम्बिनी कलेजबाट विद्यार्थी अभिमुखीकरण मान्यता पुरस्कार–२०७८ र उत्कृष्ट बैंकिङ्ग नेतृत्व पुरस्कार २०२४ बाट सम्मानित भएका छन्। उनले हालसम्म भारत, चीन, मकाउ, थाइल्याण्ड, मलेसिया, अस्ट्रेलिया, श्रीलंका, फिलिपिन्स, इन्डोनेसिया, जर्मनी लगायतका देशहरू भ्रमण गरिसकेका छन्।
बैंकिङ्ग समाचार र बैंकिङ्ग न्यूजको संयुक्त आयोजनामा यही जेठ २७ गते हुनेछ। डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्।
डिस्कोर्शको पावर्ड वाइमा नबिल बैंक रहेको छ भने इभेन्ट पार्टनरमा इसेवा छ। डिस्कोर्शको टेक्नोलोजी पार्टनरमा न्यूरोजिन, नलेज पार्टनरमा काठमाडौं फिनटेक र एआई पार्टनरमा स्प्रिङबेस एआई रहेको छ।








About Us
प्रतिक्रिया