काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ मा वक्ताका रुपमा अर्थमन्त्रालयका सहसचिव महेश आचार्य सहभागी हुने भएका छन्। छलफलको पहिलो सत्रको वक्ताका रुपमा पौडेल सहभागी हुने भएका हुन्। छलफलको पहिलो सत्रको कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल शिर्षकमा हुने छलफलको वक्ताका रुपमा उनी सहभागि हुने भएका हुन्।
हाल उनी मन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुखका रुपमा कार्यरत छन्। उनले कृषि विकास बैंकको बोर्डमा बसेर पनि काम गरिसकेका छन्। उनले कुनै समय बजेट लेखन समितिमा बसेर पनि काम गरिसकेका छन्।
बैंकिङ्ग समाचार र बैंकिङ्ग न्यूजको संयुक्त आयोजनामा यही जेठ २७ गते हुनेछ। डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्।
डिस्कोर्शको पावर्ड वाइमा नबिल बैंक रहेको छ भने इभेन्ट पार्टनरमा इसेवा छ। डिस्कोर्शको टेक्नोलोजी पार्टनरमा न्यूरोजिन, नलेज पार्टनरमा काठमाडौं फिनटेक र एआई पार्टनरमा स्प्रिङ एआई रहेको छ।






About Us
प्रतिक्रिया